इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड 'मोर्बिडेली' नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ।
मोर्बिडेलीका विभिन्न संस्करणहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो।
'मोर्बिडेली' बाइकको मूल्य मोडेलअनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ।
मोर्बिडेली टी ५०२ एक्सको मूल्य १३ लाख ४९ हजार रूपैयाँ तोकिएको छ।
यसैगरी, एफ ३५२ र टी ३५२ एक्सको मूल्य ९ लाख ९६ हजार ९०० रूपैयाँ तथा टी १००२ भिएक्सको मूल्य ४४ लाख ९९ हजार ९०० रूपैयाँ र सी २५२ भीको मूल्य ९ लाख ६९ हजार ९०० रूपैयाँ तोकिएको छ।