नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरूको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ।
दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा भित्रिएको थियो।
नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ।
कम्पनीका अनुसार यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको छ।
सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन ।
एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ।
दिपल एस०५ नेपालका चर्चित सेलिब्रेटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो इभीलाई सम्झौता गर्न तयार नभएकाहरूको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ।
यसमा सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आइएफ इन्टरनेसनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ।
साथै यसमा नेपालमा उपलब्ध एसयुभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ।
साथै, यसमा इन्डस्ट्रिी फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिंग र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ।
यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ।
साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड सिएटिएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिंग साइकल ५००० रहेको छ।
यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ ।