केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. र जि.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८३ को सुरुवातसँगै तीन दिन 'केई एक्सचेन्ज क्याम्प' सञ्चालन गर्ने घोषणा गरेका छन्।
ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्ना सवारी साधन अपग्रेड गर्ने अनुभव प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
यो एक्सचेन्ज क्याम्प चैत २९ देखि ३० गतेसम्म देशभरका आधिकारिक केई सोरूमहरूमा आयोजना हुनेछ।
यस प्लेटफर्ममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधनहरू साटेर नयाँ केई मोडेलका गाडीहरू खरिद गर्न सक्नेछन्।
काठमाडौंको हकमा यो कार्यक्रम थापाथली (केई सोरूम नजिक) बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
ग्राहकरूले लाइभ फुड स्टल र मनोरञ्जनात्मक गतिविधिहरूसँग उत्सवमय वातावरणको आनन्द लिन सक्नेछन्, जसले ग्राहक र उनीहरूका परिवारका लागि यो अनुभवलाई थप रोचक बनाउनेछ।
नेपालमा किफायती र भ्यालु फर मनी सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै र आधुनिक मोबिलिटीमा पहुँच सहज बनाउन यो अभियान सुरू गरिएको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले निम्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
- नयाँ वर्ष विशेष नगद छुट
- आकर्षक एक्सचेन्ज बोनस
- उत्कृष्ट सवारी मूल्यांक
- फाइनान्स सुविधा
- अटो इन्स्योरेन्स
- ७ किलोवाट वा ३ किलोवाट चार्जर विकल्पहरू
- प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी, दुबईमा एक रातको निःशुल्क बस्ने व्यवस्था
यस कार्यक्रममा ग्राहकहरूले केई ई–क्युट ०२, केई ई–क्युट ०४, र केई एक्स३ प्रो इभी लगायतका इलेक्ट्रिक र कम्बस्टन सवारी मोडेलहरूको बारेमा जानकारी लिन र अवलोकन गर्न सक्ने बताइएको छ।