यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लू ग्रुपमार्फत 'यामाहा ब्ल्यू फेस्ट' सफलतापूर्वक आयोजना गरेको छ।
यस कार्यक्रममा ग्राहक, डिलर तथा मोटरसाइकल प्रेमीहरूलाई एकै ठाउँमा ल्याउँदै आकर्षक ब्रान्ड अनुभव प्रदान गरिएको थियो।
कार्यक्रमलाई साधारण बिक्री गतिविधिभन्दा माथि उठाएर अन्तरक्रिया, नवप्रवर्तन र उत्साहमार्फत यामाहा र राइडरबीच अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने गरी डिजाइन गरिएको थियो।
ब्ल्यू फेस्टको औपचारिक सुरुआतका रूपमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रमको मुख्य आकर्षण 'लिड द नेक्स्ट' अवधारणाअन्तर्गत यामाहा एफजेडएस एफआई न्यू जेनको आधिकारिक सार्वजनिकरण रह्यो।
अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त मोडल सार्वजनिक गर्दै नेपालमा लोकप्रिय एफजेड शृंखलाको नयाँ अध्यायको सुरुआत गरे।
प्रत्यक्ष प्रस्तुति र अन्तरक्रियात्मक गतिविधिहरूले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गर्नुका साथै सहभागीहरूमा तीव्र जिज्ञासा र जोश देखिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले भने, 'हामी ग्राहकलाई उन्नत प्रविधि र उच्च मूल्य प्रदान गर्न केन्द्रित छौं। यामाहा मोटरसाइकलहरू प्रदर्शन, शैली र उत्साह प्रदान गर्ने गरी बनाइएका हुन्छन्। यसमध्ये एफजेड शृंखला नेपाली राइडरहरूको सबैभन्दा विश्वासिलो रोजाइ बन्दै आएको छ।'
कम्पनीका अनुसार एफजेड शृंखला लामो समयदेखि कम्युटर खण्डमा लोकप्रिय रहँदै आएको छ र न्यू जेनले थप सुधारिएका विशेषता र नयाँ डिजाइनसहित सो यात्रालाई निरन्तरता दिएको छ।
नयाँ यामाहा एफजेडएस एफआई न्यू जेन हरेक दिनको प्रयोगमा आत्मविश्वास, शैली र स्मार्ट प्रविधि खोज्ने नयाँ पुस्ताका राइडरलाई लक्षित गरी तयार गरिएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बाइकका ट्र्याक्सन कन्ट्रोल, एकल च्यानल एबिएस र वाई–कनेक्ट जस्ता विशेषताहरूबारे जानकारी दिँदै भने, 'एफजेड एफआई न्यू जेन शैली, प्रविधि र प्रदर्शनको संयोजन खोज्ने आजका राइडरका लागि तयार गरिएको हो। यस मोडलमार्फत हामीले अझ स्मार्ट, सुरक्षित र रोमाञ्चक राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं।'
कार्यक्रममा बिक्री प्रमुख शैलेन्द्र अधिकारीले ब्ल्यू फेस्टअन्तर्गत उपलब्ध अफर, मूल्य संरचना र नयाँ मोडलका प्रमुख विशेषताबारे विस्तृत जानकारी दिँदै यामाहाको ग्राहक–केन्द्रित दृष्टिकोण र मूल्यमा आधारित बजार रणनीतिबारे प्रकाश पारे।
ब्ल्यू फेस्टको अर्को प्रमुख आकर्षण एक्सचेन्ज कार्निभल थियो, जहाँ ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल सजिलै साट्न सक्ने सुविधा पाएका थिए।
५० भन्दा बढी पुनःमूल्यांकन केन्द्रहरूको सहभागिताले बजारअनुसारको उचित मूल्याङ्कन सुनिश्चित गर्दै पारदर्शी र प्रतिस्पर्धी साटासाट सुविधा प्रदान गरेको थियो।
साथै, ग्राहकहरूले नागरिकतामार्फत तुरुन्तै वित्तीय सुविधा, अधिकतम ४० महिनासम्मको लचिलो किस्ताबन्दी विकल्प तथा ब्ल्यू फेस्ट योजनाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्मको नगद फिर्ता सुविधा पनि प्राप्त गरेका थिए।
यामाहा ब्ल्यू फेस्टमार्फत कम्पनीले ग्राहकलाई पूर्ण ब्रान्ड अनुभव प्रदान गर्नुका साथै नवप्रवर्तन र राइडर सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ।
एफजेड न्यू जेनको सार्वजनिकरणले बदलिँदो राइडर आवश्यकतासँग अघि बढ्दै प्रिमियम कम्युटर खण्डमा अग्रणी स्थान कायम राख्ने यामाहाको दृष्टिकोणलाई अझ स्पष्ट बनाएको छ।