दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ।
एस०५ ले जेडी पावर एनइभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो।
चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ।
करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट बिक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल इभी हो।
नेपाली बजारमा लोभलाग्दो सफलता हासिल गरिरहेको एस०५ ले प्राप्त गरेको यो उपलब्धिले दिपलप्रतिको विश्वसनीयतालाई अझै उचाइमा पुऱ्याउनेछ।
४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र (बिइभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरइइभी) मा उपलब्ध छ।
नेपालमा यो एसयुभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लुएलटिपी रेन्ज दिन्छ।
जेडी पावरको एनईभी आइक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्छ।
२०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एकसय ३७ मोडेलमाथि २१ हजार एकसय ७७ जना गाडी धनीहरूसँग प्रतिक्रिया लिएर बनाइएको हो ।
यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकहरूको प्रतिक्रिया लिइएको थियो ।
सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तरसम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिङ र उत्पादन गुणस्तरमा नं १ स्थान हासिल गरेको हो।
यो उपलब्धिले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय इभी खरिद गर्न चाहने नेपाली ग्राहकका लागि दिपल एस०५ निर्विकल्प उत्पादनका रूपमा स्थापित गरेको छ ।
नेपालमा दिपलले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको अवस्थामा हासिल भएको उपलब्धिले ब्रान्डको बढ्दो प्रतिष्ठा र आधुनिक इभी खरिदकर्ताहरूमाझ एस०५ को सफलतालाई मलजल गर्ने अपेक्षा गरिएको छ ।