रोयल इनफिल्डले नेपालमा '२०२६ एडिसन गोवन क्लासिक ३५०' सार्वजनिक गरेको छ।
बोबर–प्रेरित डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ मोडलमा ३४९ सिसी एयर–अइल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपिएममा २०.२ बीएचपी शक्ति र ४,००० आरपिएममा २७ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार यो इन्जिनलाई बोबर शैलीअनुरूप स्मूथ र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा ट्युन गरिएको छ।
यसको ५–स्पिड गियरबक्सले सहरको भीडभाडदेखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ।
मोटरसाइकलमा नयाँ असिस्ट–एन्ड–स्लिपर क्लच, अपग्रेड गरिएको युएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनशिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ।
यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।
डिजाइनतर्फ यसले आफ्नो पहिचान बनेको सिंगल–सिट बोबर शैली कायम राखेको छ।
फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप एल्युमिनियम ट्युबलेस स्पोक ह्विल, चोपर–स्टाइल फेन्डर, स्ल्यास–कट एग्जस्ट र मिड–एप ह्यान्डलबारले यसलाई आकर्षक कस्टम संस्कृतिको झल्को दिने प्रिमियम रूप प्रदान गरेका छन्।
लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रा.लि.का निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे।
उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाउने छ।
यो मोडल नेपालभरका आधिकारिक रोयल इनफिल्डका प्रदर्शनी कक्षहरूमा उपलब्ध हुनेछ।
श्याक ब्ल्याक र पर्पल हेजको मूल्य ५ लाख ९८ हजार रूपैयाँ र ट्रिप टिल र रेव रेडको ६ लाख २ हजार रूपैयाँ तोकिएको छ।