विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा 'राइड मोर, विन मोर' क्याम्पेन ल्याएको छ।
यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो।
यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुने कम्पनीको भनाइ छ।
क्याम्पेनका मुख्य विशेषताहरूः
१ राइड = १ लक्की – ड्र टिकट
(जति धेरै राइड, उति धेरै जित्ने मौका)
मेगा गिभअवेमा सहभागी हुनः
राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ।
आकर्षक पुरस्कारहरूः
१० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे)
प्रोमो कोड पुरस्कारः
एक हजार जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रूपैयाँ)
एक हजार जनालाई २०० रूपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड
१०० जनालाई खल्ती प्रो मा अपग्रेड
यो क्याम्पेन नेपालभरिका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ।
सहभागी हुन क्याम्पेन अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्छ।
लक्की–ड्र हरेक हप्ता हुनेछ र विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजमार्फत सार्वजनिक गरिनेछ।
थप जानकारीका लागि इनड्राइभ नेपालका सामाजिक सञ्जालहरूमा अपडेट हेर्न सकिन्छ।