पञ्च ज्योति समूहअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ।
कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ।
जसका माध्यमबाट कम्पनीले ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।
यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कलंकीस्थित ज्योति भवन रहेको दुईवटा सेवा केन्द्रहरूको उद्घाटन समारोह सम्पन्न भएको छ।
उक्त उद्घाटन समारोहमा होन्डा मोटर कम्पनीका प्रतिनिधिहरू (एसिया ओसियाना), स्याकार ट्रेडिङका वरिष्ठ अधिकारीहरू, पञ्च ज्योति समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
स्याकार ट्रेडिङ कम्पनीले होन्डाका ग्राहकहरूका लागि 'पहिलेकै मूल्यमा प्रिमियम सर्भिस' को अवधारणा अघि सारेको छ।
यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन्।
कम्पनीले प्रिमियम कस्टमर एक्सपेरियन्सलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ ग्राहकमैत्री बनाउने जानकारी दिएको छ।
मुख्य विशेषताहरू:
पहिलेकै मूल्यमा प्रिमियम सर्भिस: यस पहलअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सक्नेछन्।
प्रिमियम कस्टमर एक्सपेरियन्स: यस पहलअन्तर्गत कम्पनीले ग्राहकहरूका लागि सेवा प्रक्रियामा विशेष ध्यान प्रदान गर्ने जनाएको छ।
कस्टमर फर्स्ट एप्रोच: कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सधैं पहिलो प्राथमिकतामा राख्न निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ।
वर्ल्ड क्लास सर्भिस सेन्टर: आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्समार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ।
थ्रीएस सुविधा: सोरुम, सर्भिस एण्ड जेन्युइन पार्ट्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहजता प्रदान गर्ने लक्ष्य रहेको छ।
साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिङ्क्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ।
कम्पनीले सञ्चालनमा ल्याएका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीको प्रयोग गरी फास्ट सर्भिस बे मार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।
त्यसैगरी, होन्डाका जेन्युइन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनिक सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।
स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभर होन्डाका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
कम्पनीका अनुसार आगामी दिनहरूमा थप सेवा केन्द्रहरूको विस्तार गर्दै सेवाको पहुँच अझ बढाइनेछ।