लिपमोटर्सले नयाँ इलेक्ट्रिक गाडी ए टेन सार्वजनिक गरेको छ।
एसयुभी गाडी ए टेनमा ९० किलोबाटको सिएटिएल ब्याट्री छ भने यसको मोटर ५३ किलोवाटको रहेको छ।
एक पटक चार्ज गरिसकेपछि गो गाडीले ४ सय ३ किलोमिटरभन्दा बढी रेन्ज दिने लिपमोटर्ससको दाबी छ।
इन्टेलिजन्स टेक्नोलोजी, बजेट फ्रेन्डली, अडास टु फिचर भएको यो गाडीमा १४ दशमलव ६ इन्चको सेन्टल टचक्रिन छ।

८.८८ इन्चको डिजिटल क्लटर यो गाडीमा जडान छ। ३२ मिनेटमा यो गाडी फुल चार्ज हुने पनि कम्पनीले जनाएको छ।
डिजाइन बक्स प्रकार रहेको गाडीको लम्बाइ ४२.७० एमएम र चौडाइ १०.१० एमएमको छ।
१६ सय ३५ एमएमका हाइट रहेको यो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ९० एमएमको छ।
लिपमोटर्स चीनले सार्वजनिक गरेको यो गाडी नेपालीमा बजारमा यो गाडी छिट्टै ल्याउने तयारी भइरहेको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्सले जनाएको छ।
'गाडी ल्याउने हाम्रो प्रक्रिया अघि बढिसकेको छ,' सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले भने, 'अबको २ महिनाभित्र नेपाली ग्राहकले ए टेन चढ्न पाउनेछन्।'

नेपाली बजारमा यस गाडीले बिवाइडीको एट्टो टु, नामीको भिगो, एमजीको एमजी फोर सँग कडा प्रतिस्पर्धा गर्ने बताइएको छ।
यस गाडीको मूल्य ४२ लाख माथि ४८ लाखभन्दा कम मूल्य तोकिने अनुमान गरिएको छ।