इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ।
विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको उल्लेख गरेको छ।
यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि १२ वैशाखमा सहमति दिएको थियो।
विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि गर्न नपाइने र यस्तो गरिएमा कारबाही गरिने चेतावनी पनि दिइएको छ।
