बिहीबाट सुरू भएको दोस्रो 'चितवन अटो शो २०२६' मा सिप्रदी ट्रेडिङ प्रा.लि.को चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ।
उक्त अवसरमा टाटा टियागो इभी र पन्च इभीहरूमा ग्राहकहरुको उच्च आकर्षण रहेको छ।
प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री मा. इन्द्र बानियाको समुपस्थितिमा नयाँ गाडीहरू - टियागो इभी र पन्च इभीहरु ग्राहकलाई हस्तान्तरण गरिएको छ।
चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्रीले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टाटा टियागो इभी र टाटा पन्च इभीको साँचो हस्तान्तरण गरे।
यसपटकको प्रदर्शनीमा हल नम्बर १ को स्टल नम्बर ५ मा टाटाका इभी गाडीहरूको प्रदर्शन गरिरहेको छ।
प्रदर्शनीमा मुख्य आकर्षकको रूपमा रहेका टाटाका इभी गाडीहरू आफ्नो अत्याधुनिक प्रविधि, उच्च सुरक्षा रेटिङ र किफायती सञ्चालन खर्चका कारण अवलोकनकर्ताहरूको निकै भिड बटुलिरहेका छन्।
भविष्यको सुरक्षित र प्रविधिमैत्री यात्राका लागि टाटाका यी गाडीहरू उत्कृष्ट रोजाइ बनेका कम्पनीको भनाइ छ।
इच्छुक ग्राहकहरूले 'चितवन अटो शो २०२६' को हल नम्बर १ को स्टल नम्बर ५ मा भ्रमण गरि थप जानकारीका साथै विशेष अफरहरूको साथ टाटा कारहरू लिन सक्ने कम्पनीले जनाएको छ।