जेएसडब्ल्यू एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेसनसँगको रणनीतिक वितरण साझेदारीमार्फत नेपालमा आफ्ना उपस्थितिलाई थप मजबुत बनाउने घोषणा गरेको छ।
कम्पनीका अनुसार यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप विस्तार र ग्राहकको पहुँचलाई आधार तयार गर्नेछ।
यस साझेदारीले नेपालमा एमजी मोटरको नयाँ चरणको विकासलाई प्रतिनिधित्व गर्ने कम्पनीको विश्वास छ।
यसले ग्राहक अनुभव तथा सेवामा सुधार ल्याउने कम्पनीले जनाएको छ।
साथै, विभिन्न मोडेलका गाडीहरू, अत्याधुनिक मोबिलिटी समाधान तथा बिक्रीपछिको सेवामा समेत सकारात्मक प्रभाव पर्ने कम्पनीको भनाइ छ।
नेपालका लागि बिक्री सिमेन्ट बजारका गोल्छा ग्रुप, 'जेएसडब्ल्यू एमजी मोटर इन्डिया'सँग सहकार्य गर्न पाउदा हामी अत्यन्त उत्साहित छौं। एमजी ब्रान्डको गुणस्तरीय उत्पादन, डिजाइन र प्रविधिमा संयोजन रहेको कम्पनीका उत्पादनहरूले नेपाली ग्राहकहरूको चाहना र आवश्यकतालाई पूरा गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
जिओ अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ।
जसअन्तर्गत एमजी कमेट इभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रूपैयाँ तोकिएको छ भने एमजी विन्डसर इभीको ३९ लाख ७५ हजार रूपैयाँबाट उपलब्ध हुनेछ।