रोयल इनफिल्डले आफ्नो नयाँ अर्बन पर्फर्मेन्स रोडस्टर गुरिल्ला ४५० नेपालमा सार्वजनिक गरेको छ।
दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ।
गुरिल्ला ४५० तीन भेरियन्ट एपेक्स, ड्यास र फ्ल्यास तथा आठ विभिन्न रंगहरूमा उपलब्ध हुनेछ।
रोयल इनफिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने, '१२५ वर्षको प्योर मोटरसाइक्लिङ यात्रालाई मनाइरहेका बेला नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साहजनक कदम हो। यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो। चुस्त, सहज र दमदार। नेपाली युवा र स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं।'
भेरियन्ट र मूल्य
|
भेरियन्ट
|
रंग
|
मूल्य
|
|
एपेक्स
|
रातो
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
|
कालो
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
|
हरियो
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
ड्यास
|
ट्वाइलाइट निलो
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
|
स्याडो एश
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
|
स्मोक सिल्भर
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
|
पिक्स ब्रोंज
|
८ लाख ९९ हजार रूपैयाँ
|
|
फ्ल्यास
|
ब्राभा निलो
|
८ लाख ९९ हजार रूपैयाँ
|
गुरिल्ला ४५० मा ४५२ सिसिको सिंगल सिलिन्डर लिक्विड-कुल्ड शेर्पा इन्जिन प्रयोग गरिएको छ।
यसले ८,००० आरपिएममा ४० पिएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार ८५ प्रतिशतभन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले सहरदेखि राजमार्गसम्म सबै प्रकारका सडकमा सहज पर्फर्मेन्स दिनेछ।
स्लिप क्लचले उच्च गतिमा क्रुजिङ कम्फर्ट बढाउने मोटरसाइकलमा ६-स्पिड गियरबक्स, असिस्ट तथा स्लिप क्लच, राइड-बाइ-वायर प्रविधि तथा 'स्पोर्ट' र 'स्ट्रिट'गरी दुई राइडिङ मोड उपलब्ध छन्।
गुरिल्ला ४५० मा ११ लिटर इन्धन ट्याङ्की, एलइडी हेडलाइट, इन्टिग्रेटेड टेल ल्याम्प, अपस्वेप्ट साइलेन्सर तथा स्टेप्ड बेन्च-सीट जस्ता विशेषता समावेश छन्।
४३ एमएम शोवा टेलिस्कोपिक फ्रन्ट फोर्क, लिंकज-टाइप मोनो-शक र १७ इन्च ट्युबलेस टायरले मोटरसाइकललाई अझ स्थिर र चुस्त बनाउने कम्पनीको दाबी छ।
मोटरसाइकलका सबै भेरियन्टमा रोयल इनफिल्डको ४ इन्च टिएफटी 'ट्रिपर ड्यास' उपलब्ध हुनेछ।
जसमा गुगल म्याप्समा आधारित नेभिगेसन तथा स्मार्टफोन कनेक्टिभिटी सुविधा समावेश गरिएको छ।
कम्पनीले एपेक्स भेरियन्टलाई थप स्पोर्टी बनाएको जनाएको छ। यसमा रोड-फोकस्ड टायर, स्कल्प्टेड रियर सीट काउल, कलर-कोडेड फ्रन्ट काउल तथा विशेष डिजाइन एलिमेन्ट उपलब्ध छन्।
रोयल इनफिल्डले गुरिल्ला ४५० का लागि विभिन्न एक्सेसरिज पनि उपलब्ध गराएको छ।
यसमा इन्जिन गार्ड, सम्प गार्ड, अर्बन सीट, टिन्टेड फ्लाइस्क्रिन, बार-एन्ड मिरर तथा सफ्ट प्यानियर जस्ता विकल्प छन्।
नेपालमा गुरिल्ला ४५० को बुकिङ कम्पनीले खुला गरिसकेको छ।
साथै, डेलिभरी सोमबारबाट सुरू हुने र नेपालभरका रोयल इनफिल्डका सोरुमहरूमा गुरिल्ला ४५० उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीले बोर्डरलेस वारेन्टी प्रोग्राम पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत विश्वभर रहेका ३ हजारभन्दा बढी सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुनेछ।