नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक इभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको न्यूरोडमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ।
वैशाख ३ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ सोरूम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपांग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाज दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।
आधुनिक इभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो।
उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक इभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ।
सोरूममा आउने ग्राहकहरूले डिजिटल डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित इभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्टफिचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन्।
चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिबिम्बित गर्ने गरी निर्माण गरिएको यस शोरूममा आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ डिस्प्लेहरू समावेश गरिएका छन्, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगे मन बुढाथोकीले भने, 'पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अर्को महत्वपूर्ण कदम चालिरहेका छौँ। चेतक इभी परम्परा, नवप्रवर्तन र दैनिकी प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो। यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस्तो अनुभवलाई अझ नजिकबाट महसुस गर्न सक्ने विश्वास लिएका छौँ।'