जि.ओ. अटोमोबाइलले जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरकले नयाँ 'एमजी हेक्टर' नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले बिहीबार काठमाडौंको थापाथलीस्थित एमजी सोरूममा आयोजित कार्यक्रममा नेपाली बजारका लागि नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको हो।
नयाँ एमजी हेक्टरको सार्वजनिकरण केही समयअघि मात्रै एमजी विन्स्डर/एमजी कोमेट नेपालमा सार्वजनिक लगत्तै गरिएको कम्पनीको भनाइ छ।
यससँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा उन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा अझ आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ।
समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा नयाँ हेक्टरले ठूलो एसयुभी अनुभव, उत्कृष्ट सुविधा, उच्च आराम तथा दैनिक प्रयोगमा बढी उपयोगिता प्रदान गर्ने दाबी गरिएको छ।
आधुनिक परिवार तथा प्रविधिमैत्री एसयुभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको नयाँ एमजी हेक्टरमा आकर्षक डिजाइनसँगै परिष्कृत चालक अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ।
सवारीसाधनमा प्रिमियम आन्तरिक सजावट, स्मार्ट जडान प्रणाली, उत्कृष्ट सुरक्षा सुविधा, फराकिलो केबिन तथा प्रयोगकर्तामैत्री सुविधा समावेश गरिएको छ।
कम्पनीका अनुसार यो नयाँ संस्करण बजारमा यसअघि उपलब्ध हेक्टरको तुलनामा डिजाइन, प्रविधि, सुविधा तथा समग्र प्रिमियम अनुभवका हिसाबले उल्लेखनीय रूपमा परिष्कृत छ।
सार्वजनिकरण कार्यक्रममा बोल्दै जि.ओ. अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले नयाँ एमजी हेक्टर नेपाली बजारमा ल्याउन पाउँदा खुशी लागेको बताए।
उनका अनुसार एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयुभीमध्ये एक हो।
यसको प्रिमियम अनुभव, उत्कृष्ट प्रविधि, फराकिलो बनावट तथा उच्च मूल्य–सुविधा सन्तुलनले ग्राहकको विश्वास जितेको छ।
नयाँ हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको कम्पनीको भनाइ छ।
उनले नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि तथा व्यवहारिकताको समिश्रण खोज्नेहरूका लागि नयाँ एमजी हेक्टर उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरे।
एमजी हेक्टर नेपालमा ६६ लाख ९९ हजार रूपैयाँ प्रारम्भिक मूल्यबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो एसयुभी चार फरक संस्करणमा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार नयाँ एमजी हेक्टरको सार्वजनिकसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
साथै जि.ओ. अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनसँगै भरपर्दो बिक्रीपछिको सेवा, आधिकारिक पुर्जाको सहज उपलब्धता तथा ग्राहक केन्द्रित सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोऱ्याएको छ।