नेपालका लागि दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीको वितरक एमएडब्लु वृद्धिले '२०२६ दिपल एस०५ प्लस'को बिक्री सुरू गरेको छ।
एउटा कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा निर्मित नयाँ एस०५ प्लस उन्नत प्रविधि, सम्मानित डिजाइन र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित छ जसले विवेकशिल खरिदकर्तालाई आकर्षित गर्नेछ।
नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित इभी बनाएको छ।
यसमा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटिपी रेन्ज दिन्छ।
साथै यसले १५१.५ किलोवाट डिसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो हो।
साथै यसले ६ किलोवाटको भेहिकल टु लोड (भिटुएल)सपोर्ट गर्छ जसका माध्यमबाट गाडीबाटै बाह्य उपकरणहरूलाई विद्युत आपूर्ति प्रदान गर्छ।
विश्वको प्रतिष्ठित आइएफ डिजाइन अवार्ड २०२५ को विजेता एस०५ प्लसमा रहेको लाइन र सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डलले यसको रोड प्रेजेन्सलाई बेजोड बनाइदिन्छ।
साथै १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बायन्ट लाइटिंगले यसको इन्टेरियरलाई प्रिमियम बनाउँछ।
१५९ लिटरको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको रिमोट इन एन्ड आउट सिस्टम रहेको छ जसले स्मार्ट पार्किङ सम्भव बनाएको छ।
साथै यसमा ४जी र ५जी कनेक्टिभिटी रहेको छ जसले चालकलाई हर समय इन्टरनेटसँग जोडिरहेको हुन्छ।
२०२६ दिपल एस०५ प्लसले विश्वविख्यात ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ।
यो रेटिङ सुरक्षा विशिषटता मात्र होइन एउटा ग्यारेन्टी पनि रहेको कम्पनीको दाबी छ।
२०२६ दिपल एस०५ प्लस आफ्नो कारबाट पर्फर्मेन्स, डिजाइन, टेक्नालोजी र सेफ्टी सबै खोज्ने ग्राहकहरूका लागि बनेको हो जो कुनै पनि हिसाबमा सम्झौता गर्न चाहँदैनन्।
नेपाली बजारमा यो एसयुभी ५३ लाख ९९ हजार रूपैयाँमा बुकिङ र खरिदका लागि उपलब्ध छ ।