दुई र तीन पांग्रे सवारी साधनको अग्रणी विश्वव्यापी निर्माता टिभिएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि मार्फत नयाँ टिभिएस रोनिन मोनोटोन र टिभिएस रोनिन एगोन्डा सार्वजनिक गरेको छ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमकाबीच अनावरण गरिएका यी नयाँ भेरियन्टहरूले टिभिएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, विशिष्ट आधुनिक रेट्रो चरित्र र नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा बलियो आकर्षण थप गरेका छन्।
टिभिएस रोनिन मोनोतोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य ४ लाख २९ हजार ९०० रूपैयाँ तोकिएको छ भने टिभिएस रोनिन एगोन्डा पर्ल ह्वाइट रंगहरूमा ४ लाख ३९ हजार ९०० रूपैयाँमा उपलब्ध हुनेछ।
एगोन्डा: भारतको गोवाको प्रसिद्ध एगोन्डा बीचको घाम, बालुवा र आत्माबाट प्रेरित यो भेरियन्ट धेरै अनुकूलित टिभिएस रोनिन मोटरसाइकलहरू मध्ये पहिलो हो।
यसले आधुनिक-रेट्रो प्लेटफर्म कति बहुमुखी हुन सक्छ भन्ने देखाउँछ।
यसको चम्किलो सेतो आधारले एगोन्डाबीचको बालुवालाई प्रतिनिधित्व गर्दछ, जुन फ्युल ट्यांकी र हेडलाइट कभरसम्म फैलिएको छ।
एगोन्डा संस्करणमा आइकोनिक अल-एलइडी टी-फेस हेडल्याम्पको वरिपरि सेतो हेडल्याम्प काउल रहेको छ।
फ्युल ट्यांकीमा निलो र रातो रेट्रो पिनस्ट्राइपहरू छन्, जसले विशेष कालो टिभिएस स्टालियन (घोडाको) लोगोका साथ उत्कृष्ट ट्रिपल-टोन संयोजन परा गर्दछ।