सरकारले २० लाख रूपैयाँभन्दा कम मूल्यका विद्युतीय गाडीमा लाग्ने सडक दस्तुर घटाएको छ।
जेठ १५ गते बजेटसँग ल्याइएको आर्थिक विधेयकलाई पटक-पटक सच्याउॅंदै सोमबार २० लाख रूपैयाँभन्दा कम मूल्यको गाडीमा सडक दस्तुर कम गर्ने व्यवस्था गरिएको हो।
यसअघि सबै किसिमको गाडीमा सडक निर्माण दस्तुर समान ५ प्रतिशतको व्यवस्था गरिएको थियो।
सोमबार सच्याइएपछि भने २.५ प्रतिशत मात्रै सीमित गरिएको छ।
सुरूको आर्थिक विधेयकको तुलनामा ५० प्रतिशत सडक दस्तुर घटाइएसँगै यी गाडीमा विगतकै बराबर मूल्य कायम हुन भएको छ।
अब २० लाखभन्दा कम मूल्यका विद्युतीय गाडीमा २० प्रतिशत भन्सार २.५ प्रतिशत स्वच्छ पूर्वाधार शुल्क, २.५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने छ।