सबै थरीका विद्युतीय गाडीमा कर बढाएपछि भएको आलोचनाका बीच सरकारले आर्थिक विधेयकमा लेखिएको कुरा नै फेरबदल गरेको छ।
विगतमा किलोवाटको गाडीमा विद्युतीय गाडीको राजस्व उठाउने गरेकोमा यो पटक मूल्यको आधारमा राजस्व उठाउने व्यवस्था गरिएको थियो।
पहिले सबभन्दा कम क्षमता (तुलना गरिने आधार ब्याट्री किलोवाट क्षमता) र अहिले सबैभन्दा कम क्षमता (मूल्यको आधार) को तुलनामा भन्सार बढाइएको थियो।
सरकारले भने २० लाख रूपैयाँभन्दा कम मूल्यका गाडीमा राजस्व नबढ्ने दाबी गरे पनि यथार्थमा नमिलेपछि सडक दस्तुर घट्ने गरी आर्थिक विधेयकको व्यवस्था फेरबदल गरिएको छ।
२० लाख रूपैयाँभन्दा कम आयात मूल्य हुने गाडीलाई मात्रै केन्द्रित गरेर गरिएको फेरबदल अनुसार विद्युतीय अब यस्ता गाडीमा सडक मर्मत दस्तुर २.५ प्रतिशत लाग्ने भएको हो। फेरबदल अघि ५ प्रतिशत थियो।
त्यसो भए अब कति मूल्य पर्ने गाडीमा कुन शीर्षकका कति प्रतिशत कर लाग्ने भयो त?
२० लाख रूपैयाँभन्दा कम मूल्य
भन्सार २० प्रतिशत
स्वच्छ पूर्वाधार शुल्क २.५ प्रतिशत
सडक दस्तुर २.५ प्रतिशत
भ्याट १३ प्रतिशत
२० देखि ३० लाख रूपैयाँसम्म
भन्सार २० प्रतिशत
स्वच्छ पूर्वाधार शुल्क २० प्रतिशत
सडक दस्तुर ५ प्रतिशत
भ्याट १३ प्रतिशत
३० देखि ४० लाख रूपैयाँसम्म
भन्सार २० प्रतिशत
स्वच्छ पूर्वाधार शुल्क ३५ प्रतिशत
सडक दस्तुर ५ प्रतिशत
भ्याट १३ प्रतिशत
४० देखि ५० लाख रूपैयाँसम्म
भन्सार २० प्रतिशत
स्वच्छ पूर्वाधार शुल्क ९० प्रतिशत
सडक दस्तुर ५ प्रतिशत
भ्याट १३ प्रतिशत
५० लाख रूपैयाँ भन्दा धेरै
भन्सार २० प्रतिशत
स्वच्छ पूर्वाधार शुल्क १३० प्रतिशत
सडक दस्तुर ५ प्रतिशत
भ्याट १३ प्रतिशत