विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा 'रेट मिलाऔं, मःम खाऔं' क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो।
यस क्याम्पेनमार्फत काठमाडौंका सहरी युवामाझ इनड्राइभको प्रमुख विशेषता, यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सुविधाबारे, जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
इनड्राइभको प्लेटफर्ममा चालकहरूले यात्रुद्वारा प्रस्तावित भाडालाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्था रहेको छ।
यही अवधारणालाई स्थानीय परिवेश र युवापुस्ताको दैनिक अनुभवसँग जोड्दै सिर्जनात्मक तथा सान्दर्भिक ढंगले प्रस्तुत गरिएको थियो, जसले दर्शकमाझ उच्च स्तरको सम्बन्ध र संलग्नता सिर्जना गर्न सफल भएको देखिन्छ ।
'इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा' भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवामोडेललाई उजागर गरेको थियो।
क्याम्पेनमार्फत यात्रुले एपमार्फत आफ्नो रोजाइअनुसार भाडा प्रस्ताव गर्न सक्ने तथा चालकले उपयुक्त प्रतिप्रस्ताव गर्न सक्ने सुविधाबारे जानकारी दिइएको थियो।
दुवै पक्षबीच आपसी सहमतिपछि अन्तिम भाडा निर्धारण हुने यस प्रणालीले निष्पक्ष तथा प्रयोगकर्ता–केन्द्रित यात्राको अनुभव प्रदान गर्ने सन्देश क्याम्पेनले प्रवाह गरेको बताइएको छ।
काठमाडौंको परम्परागत मोलमोलाइ चलनलाई प्रवर्द्धन गर्ने उद्देश्यले इनड्राइभले बागबजार, जनबहाल, पिमबहाल तथा ठमेलमा विशेष ब्रान्डेड मःम स्टल सञ्चालन गरेको थियो।
क्याम्पेनअन्तर्गत सहभागीहरूले बार्गेनिङ–थिममा आधारित विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक गतिविधिहरूमा उत्साहजनक सहभागिता जनाएका थिए।
ह्विल स्पिन, मोलमोलाइ चुनौतीलगायतका गतिविधिहरूमार्फत काठमाडौंको विशिष्ट मोलमोलाइ चलनलाई रोचक ढंगले प्रस्तुत गरिएको थियो।
चुनौतीहरू सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले निःशुल्क मःमका साथै इनड्राइभका विशेष ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए।
यस क्याम्पेनमार्फत करिब २४ सय जना प्रत्यक्ष सक्रिय रूपमा सहभागी थिए ।
कम्पनीका अनुसार सामाजिक सञ्जालमा समेत क्याम्पेनले उल्लेखनीय सहभागिता तथा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। विशेषगरी युवा यात्रु तथा विद्यार्थी समुदायबीच क्याम्पेन प्रभावकारी बन्न सफल भएको बताइएको छ।
यस अभियानले इनड्राइभले प्रवद्र्धन गर्दै आएको निष्पक्षता, यात्रुको रोजाइको स्वतन्त्रता तथा पारदर्शी मूल्य निर्धारणको अवधारणालाई थप प्रभावकारी रूपमा उजागर गरेको कम्पनीको भनाइ छ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले भनिन् 'काठमाडौंमा स्थानीय बजार, छिमेकी पसल तथा दैनिक यातायात सेवामा समेत मोलमोलाइ गर्ने चलन गहिरोसँग स्थापित छ। रेट मिलाऔं, मःम खाऔं क्याम्पेनमार्फत हामीले यही परिचित व्यवहारलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गर्दै इनड्राइभको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेका हौं।'
क्याम्पेन सञ्चालन गरिएका चारै स्थानबाट अत्यन्त सकारात्मक र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उनको भनाइ छ।