गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आइकोर सवारी साधनहरूको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रा. लि. ले पोखरामा नयाँ ओमोडा इ५ प्रोको सफलतापूर्वक सार्वजनिकरण गरेको छ।
कार्यक्रममा क्षेत्रका ११ भन्दा बढी नयाँ ओमोडा इ५ प्रो ग्राहकहरूलाई साँचो हस्तान्तरण समेत गरिएको थियो, जसले नयाँ मोडलप्रति ग्राहकहरूको उत्साहजनक विश्वास र आकर्षणलाई झल्काएको छ।
यस कार्यक्रममा ग्राहकहरू, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, अटोमोबाइल पारखीहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा जेइको परिवारको सफलताको उत्सव मनाउनुका साथै ओमोडाको नवीनतम प्रिमियम विद्युतीय एसयुभी ओमोडा इ५ प्रोको अनावरण गरिएको थियो।
पोखरामा प्रवेश गरेदेखि नै ओमोडा जेइकोले ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्दै आएको छ।
हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेइको जे६, ५० भन्दा बढी जेइको जे५, तथा ६० भन्दा बढी आइकोर सवारी साधन ग्राहकहरूलाई हस्तान्तरण गरिसकिएको छ, जसले प्रिमियम तथा दिगो गतिशीलता समाधानप्रति बढ्दो आकर्षणलाई प्रतिबिम्बित गर्दछ।
यस उत्सवको अवसरमा ओमोडा जेइको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा तथा जेइको ग्राहकहरूका लागि वारेन्टी कभरेजलाई ११ वर्षसम्म विस्तार गर्ने घोषणा गरेको छ।
यसले ब्रान्डको दीर्घकालीन विश्वसनीयता, ग्राहक विश्वास तथा स्वामित्व सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा, कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की, साथै एसपिजी अटोमोबाइल्स तथा एलाइट मोटर्सका निर्देशकहरू र उच्च व्यवस्थापन टोलीले ग्राहकहरूको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गरे।
उनीहरूले पोखरामा हासिल भएको सफलता ओमोडा जेइको ब्रान्डको गुणस्तर, नवीनता तथा ग्राहक–केन्द्रित दृष्टिकोणको प्रत्यक्ष प्रमाण भएको उल्लेख गरे।
नयाँ ओमोडा इ५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रूपैयाँ तथा डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ।
तर, नयाँ ओमोडा इ५ प्रोप्रति ग्राहकहरूको उत्साहजनक बुकिङलाई मध्यनजर गर्दै कम्पनीले सीमित अवधिका लागि विशेष प्रारम्भिक मूल्यस्वरूप ४९ लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ।