काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क क्षेत्रफल, पार्किङ क्षमता र दैनिक सञ्चालनका आधारमा नेपालकै सबैभन्दा ठूलो बसपार्कका रूपमा स्थापित छ।
लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनको मुख्य केन्द्रका रूपमा रहेको यो बसपार्कबाट दैनिक हजारौं यात्रु गन्तव्यमा लाग्छन्।
करिब १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एकैपटक ८०० भन्दा बढी ठूला बस पार्किङ गर्न सकिने क्षमता रहेको छ।
बससँगै माइक्रो र जिप सञ्चालन हुने भएकाले दैनिक १ हजारदेखि १,५०० सम्म साना–ठूला सवारी साधन यहाँबाट विभिन्न गन्तव्यमा छुट्ने र भित्रिने गर्छन्।
देशका ७० भन्दा बढी जिल्लासँग प्रत्यक्ष यातायात सञ्जाल जोडिएको बसपार्कका रूपमा यसलाई लिइन्छ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानबाट लामो दूरीका गाडी छुट्ने व्यवस्था नियन्त्रण गर्दै नयाँ बसपार्कलाई मुख्य प्रस्थान केन्द्रका रूपमा व्यवस्थापन गर्न थालेपछि यहाँको चाप थप बढेको छ।
यात्रु सेवालाई सहज बनाउन बसपार्कमा थप टिकट काउन्टर सञ्चालनमा ल्याइएको छ भने टिकट प्रणाली र अनलाइन टिकट सेवा समेत विस्तार गरिएको छ। यसले टिकट वितरणलाई व्यवस्थित बनाउनुका साथै यात्रुलाई सहज सेवा उपलब्ध गराएको छ।
दैनिक ठूलो संख्यामा यात्रु र सवारी साधनको आवतजावत हुने नयाँ बसपार्क दसैं, तिहार, छठ र नयाँ वर्षजस्ता पर्वका बेला झन् व्यस्त हुने गर्छ।
पूर्वाधार, सञ्चालन क्षमता र देशव्यापी पहुँचका आधारमा गोंगबुको नयाँ बसपार्क अहिले पनि नेपालको सबैभन्दा ठूलो र व्यस्त बसपार्कका रूपमा परिचित छ।
तस्बिरहरू-
-1783831118.jpg)
-1783831118.jpg)
-1783831119.jpg)
-1783831119.jpg)
-1783831118.jpg)
-1783831118.jpg)
-1783831118.jpg)