क्रसफायरले नेपालमा आधिकारिक रूपमा एलइटिबिई फ्लाइगन २२० सार्वजनिक गरेको छ।
मोटरसाइकललाई फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स गरी दुई भेरियन्टमा प्रस्तुत गरिएको छ।
यसले राइडरहरूलाई आफ्नो जीवनशैली, रोजाइको भू–भाग तथा राइडिङ आवश्यकताअनुसार उपयुक्त भेरियन्ट छनोट गर्ने विकल्प प्रदान गर्दछ।
यो केवल नयाँ मोटरसाइकल सार्वजनिक गरिएको अवसर मात्र नभई, क्रसफायर ले नेपालमा एलइटिबिई नामक नयाँ ब्रान्डको औपचारिक सुरुवात गरेको महत्वपूर्ण क्षण हो।
फ्लाइगन २२० सिटी र फ्लाइगन २२० हिल्स, एलइटिबिई ब्रान्डअन्तर्गत सार्वजनिक गरिएका पहिलो मोडलहरू हुन्।
'मेकानिकल कम्प्यानियन' अवधारणामा आधारित एलइटिबिईले व्यावहारिकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकल अनुभवमा जोड्ने लक्ष्य राखेको बताइएको छ।
'मेकानिकल कम्प्यानियन' अर्थात् 'यान्त्रिक सहयात्री' को अवधारणाअन्तर्गत विकास गरिएको फ्लाइगन २२० लाई स्पष्ट रूपमा क्रस–टेरेन मोटरसाइकल का रूपमा प्रस्तुत गरिएको छ। यो मोटरसाइकल सहरका सडक, राजमार्ग, पहाडी बाटो तथा हल्का अफ–रोड ट्रेलमा प्रभावकारी रूपमा चल्न सक्ने गरी इन्जिनियर गरिएको छ।
'वान बाइक एभ्री रोड एभ्री पर्पज।' अर्थात् 'एउटै बाइक हरेक सडक हरेक उद्देश्य।' भन्ने मूल सन्देशमा आधारित फ्लाइगन २२० ले दैनिक कम्युटरको व्यावहारिकता र टुरिङ तथा एड्भेन्चर यात्राका लागि आवश्यक आराम, स्थिरता र क्षमतालाई एउटै मोटरसाइकलमा समेटेको छ।
यसले राइडरलाई एउटै बहुउपयोगी मोटरसाइकलमार्फत विभिन्न भू–भागमा आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाउँछ।
फ्लाइगन २२० सिटी मा सहरी सडक, राजमार्ग तथा कहिलेकाहीँ गरिने हल्का अफ–रोड यात्रामा चुस्त ह्यान्डलिङ, स्थिरता र आत्मविश्वास प्रदान गर्ने स्ट्रिट–फोकस्ड टायर प्रयोग गरिएको छ।
फ्लाइगन २२० हिल्स मा एड्भेन्चर–ओरिएन्टेड नबी टायर जडान गरिएको छ, जसले ग्राभेल सडक, पहाडी मार्ग तथा हल्का अफ–रोड भू–भागमा थप ग्रिप र आत्मविश्वास प्रदान गर्दछ।
पाँच वर्षको वारेन्टी: लामो यात्रासम्म रहने विश्वास
एलइटिबिई फ्लाइगन २२० मा पाँच वर्षको वारेन्टी प्रदान गरिएको छ। यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन तथा दीर्घकालीन विश्वसनीयताप्रति ब्रान्डको विश्वासलाई प्रतिबिम्बित गर्दछ।
यस वारेन्टीले राइडरलाई थप मानसिक शान्ति प्रदान गर्नुका साथै फ्लाइगन २२० लाई एक भरपर्दो मेकानिकल कम्प्यानियन का रूपमा स्थापित गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।
नेपालका राइडर र सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको
फ्लाइगन २२० मा ७८० मिलिमिटरको कम सिट उचाइ प्रदान गरिएको छ, जसले औसत नेपाली उचाइ भएका राइडरहरूका लागि मोटरसाइकललाई सहज, पहुँचयोग्य र आरामदायी बनाउँछ।
यससँगै यसको २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स ले स्पिड ब्रेकर, असमान सडक, ग्राभेल ट्र्याक तथा नेपालका विविध क्रस–टेरेन राइडिङ अवस्थाहरूमा आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्दछ।
यसमा १३०/८०–१८ साइजको अगाडिको टायर र १८०/८०–१४ साइजको पछाडिको टायरसहितको ठूलो ह्विल प्रोफाइल प्रयोग गरिएको छ। यो टायर प्रोफाइल आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूला र फराकिला टायर प्रोफाइलमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।
फराकिलो टायर सेटअपले विभिन्न सतहमा ग्रिप, स्थिरता र राइडरको आत्मविश्वास बढाउनुका साथै फ्लाइगन २२० लाई बोल्ड, मस्कुलर र प्रभावशाली रोड प्रेजेन्स प्रदान गर्दछ।
मुख्य प्राविधिक विशेषताहरू
दुवै भेरियन्टमा बोस्च ईएफआई प्रविधिसहितको २२० सिसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ।
इन्जिनले ७,५०० आरपिएममा १२.८ किलोवाट पावर र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्दछ। यसको पावर पाँच–स्पिड गियरबक्स तथा चेन–ड्राइभ ट्रान्समिसनमार्फत सञ्चालन हुन्छ।
स्मार्ट प्रविधि तथा राइडर–केन्द्रित विशेषताहरू
एलइटिबिई फ्लाइगन २२० मा निम्न आधुनिक सुविधाहरू समावेश गरिएका छन्:
● प्यासिभ कीलेस एन्ट्री
● पुस–स्टार्ट इग्निसन
● स्मार्ट लकिङ सिस्टम
● एन्टी–थेफ्ट अलार्म
● २.८ इन्चको टिएफटी डिस्प्ले
यसको अपराइट राइडिङ पोजिसन, अप्टिमाइज्ड राइडर ट्रायाङ्गल, कम सेन्टर अफ ग्राभिटी र सहज सिट उचाइले नयाँ तथा अनुभवी दुवै राइडरलाई राम्रो आराम, नियन्त्रण र आत्मविश्वास प्रदान गर्दछ।
एलइटिबिई फ्लाइगन २२० सिटी को मूल्य ५ लाख ४९ हजार ९९९ रूपैयाँ र एलइटिबिई फ्लाइगन २२० हिल्सको मूल्य ५ लाख ७४ लाख ९९९ रूपैयाँ तोकिएको छ।
दुवै भेरियन्टको बुकिङ नेपालभरका आधिकारिक क्रसफायर तथा एलइटिबिई बिक्री च्यानलहरूमार्फत खुला गरिएको कम्पनीको भनाइ छ।