काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह पछिल्लो समय खाली-खाली देखिन थालेको छ।
पछिल्लो केही महिनायता सवारी साधनको चाप उल्लेख्य रूपमा घटेसँगै बन्दरगाह खाली देखिन थालेको हो। केही समयअघिसम्म विद्युतीय सवारी साधन (ईभी) ले भरिभराउ देखिने पार्किङ यार्ड अहिले तुलनात्मक रूपमा खाली देखिन थालेको छ।
बजेटअघि कर बढ्ने आशंकामा आयातकर्ताले ठूलो सङ्ख्यामा भित्र्याएर राखेका इभी गाडीहरू भन्सार छुटाएर शोरूम तथा ग्राहकसम्म लैजान थालेपछि यार्डमा गाडीको सङ्ख्या घटेको बताइन्छ ।
साथै, नयाँ सवारी आयात सुस्त र आयात भएका गाडी पनि छिट्टै क्लियर हुन थालेकाले बन्दरगाहमा सवारीको चाप कम भएको देखिएको छ।
तस्बिरहरू:
-1784709229.jpg)
-1784709230.jpg)
-1784709230.jpg)
-1784709230.jpg)
-1784709230.jpg)
-1784709229.jpg)
-1784709229.jpg)
-1784709229.jpg)