टिभिएस समूहअन्तर्गतको तथा दुई र तीनपांग्रे सवारीसाधन क्षेत्रमा विश्वव्यापी अग्रणी टिभिएस मोटर कम्पनी (टिभिएसएम) ले नेपालमा बहुप्रतीक्षित टिभिएस अर्बिटर विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।
यससँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय मोबिलिटी अपनाउने प्रक्रियालाई तीव्र बनाउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
दैनिक सहरी यात्रालाई नयाँ परिभाषा दिन डिजाइन गरिएको टिभिएस अर्बिटरले १५८ किलोमिटरको प्रभावशाली आइडीसी रेन्ज, क्रुज कन्ट्रोल, ३४ लिटर बुट स्पेस, हिल होल्ड असिस्ट तथा उन्नत कनेक्टेड फिचर प्रदान गर्छ।
उद्योगमै पहिलो १४ इन्चको फ्रन्ट ह्विलका कारण यसले उत्कृष्ट आराम, सुविधा र कार्यसम्पादन सुनिश्चित गर्छ।
मुख्य विशेषताहरू:
• उन्नत एरोडाइनामिक दक्षता
• कनेक्टेड मोबाइल एप
• इन्टिग्रेटेड इन्डिकेटरसहित एज–टु–एज फ्रन्ट लाइट
• भाइजरसहित फ्रन्ट एलइडी हेडलाइट
• कल डिस्प्लेसहित कलर एलसिडी कनेक्टेड क्लस्टर
• इजी–एक्सेस बक्ससहित युएसबी २.० चार्जिङ
• ८४५ मिलिमिटर फ्ल्याटफर्म सिट र १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
• २९० मिलिमिटर स्ट्रेट–लाइन फुटबोर्ड
• इन्टिग्रेटेड इन्डिकेटरसहित एज–टु–एज फ्रन्ट लाइट
• भाइजरसहित फ्रन्ट एलईडी हेडलाइट
• कल डिस्प्लेसहित कलर एलसीडी कनेक्टेड क्लस्टर
• इजी–एक्सेस बक्ससहित यूएसबी २.० चार्जिङ
• ८४५ मिलिमिटर फ्ल्याटफर्म सिट र १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
• २९० मिलिमिटर स्ट्रेट–लाइन फुटबोर्ड
टिभिएस अर्बिटरमा कनेक्टेड मोबाइल एप, भाइजरसहितको फ्रन्ट एलईडी हेडलाइट र इनकमिङ कल डिस्प्ले भएको कलर एलसिडी क्लस्टरजस्ता उन्नत फिचर समावेश छन्, जसले ग्राहकको सुविधा र सन्तुष्टिलाई अझ बढाउँछन्।
यसको ३.१ किलोवाट–घण्टा ब्याट्री र उन्नत एरोडाइनामिक दक्षताले स्थिर तथा प्रभावकारी कार्यसम्पादनसहित लामो रेन्ज प्रदान गर्छ।
साथै, जगदम्बा मोटर्स प्रा.लि.को स्थापित बिक्रीपछिको सेवा सञ्जालले यसलाई थप विश्वसनीय बनाएको छ।
३.१ किलोवाट–घण्टा ब्याट्रीसहितको टिभिएस अर्बिटरले १५८ किलोमिटरको प्रभावशाली आइडिसी रेन्ज दिने बताइएको छ।
यसको उन्नत एरोडाइनामिक दक्षताले स्थिरता र ऊर्जा कार्यसम्पादन दुवै सुधार्छ।
१४ इन्चको फ्रन्ट ह्विल र डायनामिक रियर कन्फिगरेसनको संयोजनले सहरी वातावरणमा उत्कृष्ट ग्रिप, सटीक ह्यान्डलिङ र आत्मविश्वासी म्यानुभरिङ सुनिश्चित गर्छ।
ठाडो एर्गोनोमिक ह्यान्डलबारले सवारी गतिशीलतालाई थप प्रभावकारी बनाउँदै उत्कृष्ट आराम र सहज नियन्त्रण प्रदान गर्छ।
टिभिएस अर्बिटरको मूलमा आधुनिक, आकर्षक र उद्देश्यपूर्ण डिजाइन दर्शन छ, जसले सौन्दर्य र कार्यक्षमताबीच सही सन्तुलन कायम गर्छ।
८४५ मिलिमिटर लामो फ्ल्याटफर्म सिटले चालक र पछाडि बस्ने यात्रु दुवैलाई आराम दिन्छ भने २९० मिलिमिटर स्ट्रेट–लाइन फुटबोर्डले पर्याप्त लेगरुम प्रदान गर्छ।
फराकिलो र ठाडो ह्यान्डलबारले एर्गोनोमिक आसन कायम राख्न मद्दत गर्दै यात्रा सहज बनाउँछ। यसमा दुईवटा हेल्मेट अट्ने ३४ लिटर अन्डर–सिट स्टोरेज पनि छ।
प्रविधि तथा कनेक्टिभिटी
टिभिएस अर्बिटरले निम्न फिचरसहित स्मार्ट कनेक्टेड राइडिङ अनुभव प्रदान गर्छ:
• सक्रिय सुरक्षा: दुर्घटना, स्कुटर ढलेको, चोरी, जियो–फेन्सिङ र टाइम–फेन्सिङ अलर्ट।
• नियन्त्रण सधैं तपाईंको हातमा: मोबाइल एपबाट टाढैबाट ब्याट्री चार्ज र ओडोमिटर जाँच।
• स्मार्ट नेभिगेसन: आफूअनुकूल सेटिङसहित टर्न–बाइ–टर्न दिशा निर्देशन।
• कनेक्टेड रहनुहोस्: एलसीडी डिजिटल क्लस्टरमा कल, एसएमएस र व्यक्तिगत अलर्ट।
• आत्मविश्वासी राइडिङ: हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल र पार्किङ असिस्ट।
• सधैं अद्यावधिक: सहज ओटिए अपडेट।
• दुईवटा मोड: रेन्ज र सुरक्षाका लागि रिजेनेरेटिभ ब्रेकिङसहित इको र पावर मोड।
टिभिएस अर्बिटर ले टाइम फेन्स, लाइभ लोकेसन ट्र्याकिङ, नेभिगेट–टु–भेहिकल, दुर्घटना तथा स्कुटर ढलेको अलर्ट, आपतकालीन सूचना, जियो–फेन्सिङ, चोरी तथा टोइङ अलर्टजस्ता उन्नत कनेक्टेड फिचरमार्फत सुरक्षाको नयाँ मापदण्ड स्थापित गर्छ।
जसले राइडिङ अनुभवलाई अझ सहज र बुद्धिमानी बनाउँछ। १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इन्टिग्रेटेड इन्डिकेटरसहितको एलइडी हेडलाइट, एज–टु–एज कम्बिनेसन ल्याम्प, युएसबी चार्जिङ पोर्ट र सन्तुलित मजबुत बडीले हरेक यात्रामा उच्च आत्मविश्वास र भरोसा प्रदान गर्छ।
टिभिएस अर्बिटर नियोन सनबर्स्ट, कस्मिक टाइटानियम र मार्सियन कपर रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ।
टिभिएस अर्बिटर २ लाख ८१ हजार ९०० रूपैयाँमा उपलब्ध छ।