नेपालका लागि म्याक्सस सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ शक्तिशाली र प्रिमियम विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस इटेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।
हिमालय मोट्रक्स, हिमालय अर्गनाइजेसनअन्तर्गतको एउटा कम्पनी हो।
कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रूपैयाँ तोकेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागु हुने कम्पनीको भनाइ छ।
शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको इटेरोन ९ कम्फर्ट दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एड्भेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ।
गाडीमा १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो।
जसले एकपटक पूर्ण चार्ज गर्दा एनइडिसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ।
यसले ११५ किलोवाट सम्मको डिसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
इटेरोन ९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर छन्।
यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ। गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।
शक्तिशाली र व्यावहारिक क्षमता
म्याक्सस इटेरोन ९ कम्फर्ट ले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ।
यसको कार्गो बक्सको आकार १,५६१ मिमि × १,५०० मिमि × ५३५ मिमि रहेको छ। यसमा व्यावसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख्न सकिन्छ।
गाडीमा विभिन्न प्रकारका सडक र भू–भागमा सहज रूपमा चलाउन सहयोग गर्ने अल–टेरेन सिस्टम (एटिएस) दिइएको छ।
यसले ५४५ मिमि गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ। गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ।
डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक–फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ।
आरामदायी क्याबिन र आधुनिक प्रविधि
पाँचजना यात्रुका लागि तयार गरिएको इटेरोन ९ कम्फर्ट को क्याबिन फराकिलो र आधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन्।
गाडीका मुख्य सुविधा:
● एप्पल कारप्ले र एन्ड्रोइड अटो
● अटोमेटिक एयर कन्डिसनिङ
● ६ तरिकाले मिलाउन सकिने विद्युतीय ड्राइभर सिट
● मल्टिफङ्सन माइक्रोफाइबर लेदर स्टेयरिङ ह्विल
● पछाडिका यात्रुका लागि एसी आउटलेट
● युएसबी र टाइप–सी चार्जिङ पोर्ट
● चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा
● अटोमेटिक हेडलाइट र वाइपर
● बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड सुविधा
● वन–टच पावर विन्डो
फाइभ–स्टार सुरक्षा रेटिङ
म्याक्सस इटेरोन ९ ले प्रतिष्ठित युरो एनक्याप बाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ, जुन रेटिङ नेपालमा आयातित कमै सवारीसाधनले मात्र प्राप्त गरेका छन्।
यसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ।
गाडीका मुख्य सुरक्षा सुविधा:
● इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम
● इलेक्ट्रोनिक ब्रेक असिस्ट
● हिल स्टार्ट असिस्ट
● हिल डिसेन्ट कन्ट्रोल
● रोल मुभमेन्ट इन्टरभेन्सन
● टायर प्रेसर मोनिटरिङ सिस्टम
● रिभर्स क्यामरा
● अगाडि र पछाडि पार्किङ सेन्सर
● क्रुज कन्ट्रोल
● अटो होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक
● ड्राइभर र अगाडिको यात्रुका लागि एयरब्याग
वारेन्टी सुविधा
हिमालय मोट्रक्सले म्याक्सस इटेरोन ९ कम्फर्टमा निम्न वारेन्टी उपलब्ध गराएको छ:
● ब्याट्रीमा ८ वर्ष वा २,००,००० किलोमिटरसम्मको वारेन्टी
● सम्पूर्ण गाडीमा ५ वर्ष वा १,६०,००० किलोमिटरसम्मको वारेन्टी
५६० किलोमिटर एनइडिसी रेन्ज, शक्तिशाली डुअल मोटर, फोर–ह्विल ड्राइभ क्षमता, युरो एनक्याप फाइभ–स्टार सुरक्षा रेटिङ, ठूलो टोइङ क्षमता र आरामदायी क्याबिनका कारण म्याक्सस इटेरोन ९ कम्फर्ट नेपालको विद्युतीय सवारी बजारमा नयाँ र प्रिमियम विकल्पका रूपमा आएको छ।