नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ४१ पैसा र बिक्रीमा १२८ रुपैयाँ पाइन्छ।
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९९ रुपैयाँ २० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँ १ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ५२ पैसा र बिक्रीमा २८ रुपैयाँ ६५ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४१६ रुपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २७ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८६ पैसा तोकिएको छ।