दोहोरोपना हटाउँदा १० लाख ऋणीमा डेढ लाख मानिस कालो सूचीमा परेको भन्दै गभर्नर डा. विश्वनाथ पौडेलले चेक अनादरमा लचिलो नीति लिने विषयमा छलफल भईरहेको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको छैठौं वार्षिक साधारण सभामा काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले यस्तो जानकारी गराएका हुन्।
पौंडेलले भने, ‘दोहोरोपना हटाउँदा अहिले करिब १० लाखले कर्जा लिइरहेका छन्, त्यसमध्ये अहिले डेढ लाख मानिस कालो सूचीमा परेका छन्। त्यसैले चेक अनादरको कारण तत्काल अपराधिकरण गर्नु कतिको सही हुन्छ, हेर्नु पर्ने भएको छ।’
उनले राष्ट्र बैंक कर्जा प्रावधानमा धरै कडा भइरहेको हो कि भन्दै त्यसमा पुनरविचार गर्ने भन्ने पक्षमा रहेको जानकारी दिए।
खातामा पैसा नभइ काटिएको चेक पटक पटक फिर्ता हुने (चेक बाउन्स भएमा) अवस्था आएमा चेक अनादरमा बैकिङ कसुर अन्तर्गत सजाय हुने गर्छ।