अब बैंकले घर कर्जा, सवारी कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा लगायतमा कर्जा लिँदा कायम भएको ऋण आम्दानी अनुपातलाई कर्जा अवधिभर अद्यावधिक गरिरहनु पर्ने भएको छ।
राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
ऋणीले कर्जा लिएपछि पनि यो अनुपातको विवरण बैंकहरूले अद्यावधिक गरिरहनुपर्ने भएको हो।
बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जा र घर जग्गा खरिद तथा निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात कायम गर्नुपर्ने व्यवस्था अहिले छ।
घर जग्गा खरिद तथा निर्माण प्रयोजनमा प्रवाहित कर्जाको मासिक किस्ता बनाउँदा आम्दानीको ७० प्रतिशतसम्म कर्जा रकम तिर्न सकिने गरि ऋण भुक्तानी आम्दानी अनुपात कायम गनुृपर्ने व्यवस्ता छ। अन्यमा भने यस्तो अनुपात ५० प्रतिशत छ।