रिज लाइन इनर्जीको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज भएको बाँडफाँटमा १ लाख १८ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यसमा कुल २५ लाख ३७ हजार ३०१ जनाले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको ११ लाख ८० हजार २६० कित्ता सेयर निष्कासन गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।