याम्बालिङ हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा एक लाख ७४ हजार ३०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २९ लाख ८२ हजार ४९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
सो मध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रूपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।