टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा दुई लाख ५१ हजार ४५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
बाँडफाँटमा बाँकी रहेको ५ कित्ता सेयर सोही लगानीकर्ताहरुलाई बाँडफाँट गर्दा ५ जना लगानीकर्ताले भने थप एक कित्ता गरी कुल ११ कित्ता सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २९ लाख ४८ हजार नौ सय ६६ जनाबाट तीन करोड ३७ लाख ४६ हजार २०० कित्ता सेयरका लागि आवेदन परेको थियो।
सो २७ लाख ७१ हजार दुई सय ५२ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रूपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।