चालु आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै फागुन सम्म वार्षिक विन्दुगत आधारमा निक्षेप १५.१ प्रतिशतले वृद्धि भएको जानकारी गराएका हुन्।
तर, पर्याप्त लगानीयोग्य पुँजीका बाबजुद पनि कर्जा प्रवाह ६.७ प्रतिशतले मात्रै बढेको छ।
यससँगै निक्षेप र कर्जाबीचको अन्तर अझ फराकिलो देखिएको छ।
निक्षेप उच्च दरमा बढे पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेको तथ्यांकले देखाएको छ।
त्यस्तै, डिजिटल भुक्तानी प्रणालीमा सुधार हुँदै क्युआर कारोबार एक खर्ब २५ अर्ब रूपैयाँ नाघेको छ।
पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएको सरकारको भनाइ छ।