एनएमबी बैंकले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ 'इन्डो–नेपाल रेमिटेन्स' सेवा सुरू गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँगको सहकार्यमा सुरू गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ।
यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन्।
अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबी बैंकमा रहेको तपाईंको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ।
पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुने छैन।
बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भिपिए) बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ।
यो सेवालाई सबैको पहुँचमा पुऱ्याउन बैंकले अत्यन्तै सरल बनाएको छ।
ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैं यो सेवा प्रयोग गर्न सक्नुहुन्छ भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरू गर्न सक्नेछन्।
घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ।
ग्राहकको मेहेनतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ।