सोमबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ३ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५१ वटा धितोपत्रको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
यसदिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
टक्सार पिखुवा खोला हाइड्रोपावर, स्नो रिभर्स र याम्बालिङ हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशतका दरले बढेको छ भने धैलागिरी लघुवित्तको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा स्वाभिमान लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य ५.८३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४५४ रूपैयाँमा झरेको छ
यसैगरी, सोपान फर्मास्युटिकल्सको मूल्य ४.५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८५ रूपैयाँ ३० पैसामा सीमित भएको छ।
सोमबार ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २३९ रूपैयाँ ३० पैसामा ८८ करोड ३६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोपान फर्मास्युटिकल्स रहेको छ। उक्त कम्पनीको ८८५ रूपैयाँ ३० पैसामा ८८ करोड ३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।