मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार २ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३६५ वटा धितोपत्रको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ वटाको घटेको छ। यस्तै, ५ कम्पनी स्थिर छन्।
यसदिन स्नो रिभर्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४५४ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १३.०४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ८९९ रूपैयाँ पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा टक्सार पिखुवा खोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १४.०३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५९६ रूपैयाँ ३० पैसामा झरेको छ
यसैगरी, याम्बालिङ हाइड्रोपावरको मूल्य ८.२३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६३६ रूपैयाँ ५० पैसामा सीमित भएको छ।
मंगलबार सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३८७ रूपैयाँ १० पैसामा १३ करोड ३९ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा टक्सार पिखुवा खोला हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ५९६ रूपैयाँ ३० पैसामा ११ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ।