सिटिजन्स बैंक इन्टरनेसनल र जय नेपाल सिनेमाजबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जय नेपाल सिनेमाज हलमा मुभी टिकेट खरिदमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इइकाइहरूबाट २० लाख ३९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।