कालंगा हाइड्रो र सानिगाड हाइड्रोको सेयर कारोबार आज (बिहीबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कालंगा हाइड्रोको सेयर प्रतिकित्ता २९५ रूपैयाँ ४० पैसा र सानिगाड हाइड्रोको २९९ रूपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कालंगा हाइड्रोको 'केएएचएल' र सानिगाड हाइड्रोको 'एसजिएचएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
यी दुवै कम्पनीको आइपिओ बुधबार नेप्सेमा सूचीकृत भएको हो।
कालंगा हाइड्रोले सर्वसाधारणमा वितरण गरेको ४९ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ९१ लाख कित्ता गरी कुल १ करोड ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।
त्यस्तै, सानिगाड हाइड्रोको सर्वसाधारणमा वितरण गरेको ८५ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता सेयर गरी कुल २ करोड ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
दुवै कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।