बिहीबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ३ अर्ब ८६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ११ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५९ वटा धितोपत्रको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।
यसदिन ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
अप्पर लोहोरो खोला हाइड्रोपावर र कालंगा हाइड्रोको मूल्य १५ प्रतिशतका दरले बढेको छ भने स्नो रिभर्सको मूल्य १४.९९ र सानिगाड हाइड्रोको मूल्य १४.९७ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा १०% एनआइसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ।
उक्त डिबेन्चरको मूल्य १०.६० प्रतिशतले घटेर प्रति डिबेन्चरा मूल्य एक हजार १३० रूपैयाँमा झरेको छ
यसैगरी, भुजुङ हाइड्रोपावरको मूल्य ९.४३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१५ रूपैयाँ १० पैसामा सीमित भएको छ।
बिहीबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २२२ रूपैयाँमा ४१ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.३७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा १०% एनआइसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ। उक्त डिबेन्चरको एक हजार १३० रूपैयाँमा ४० करोड ७७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ।