शुक्रबार नेप्से परिसूचक घटेको छ।
नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा बन्द भएको हो।
कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ४ अर्ब ११ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४५ वटा धितोपत्रको ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
सानिगाड हाइड्रोको मूल्य १५ प्रतिशत, स्नो रिभर्सको मूल्य १४.९९ र कालंगा हाइड्रोको मूल्य १४.९८ प्रतिशतले बढेको छ।
सर्वाधिक मूल्य घट्नेमा अप्पर लोहोरे खोला हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १३.६५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२९ रूपैयाँमा झरेको छ।
यसैगरी, धौलागिरी लघुवित्तको मूल्य ११.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३०७ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार ४% एग्रिकल्चर बण्डको सर्वाधिक कारोबार भएको छ।
उक्त बण्डको एक हजार रूपैयाँमा ४३ करोड रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ११% केबिएल डिबेन्चर २०८९ रहेको छ। उक्त डिबेन्चरको एक हजार २५५ रूपैयाँ २० पैसामा ३९ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ।