सानिमा बैंकले नेपाल क्लियरिङ हाउससॅंग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्सन (पिटुपी) भुक्तानी सेवा सुरू गरेको छ।
जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एडे्रस (भिपिए) तथा युपिआई आइडी प्रयोग गरेर रकामान्तर गर्न सकिन्छ।
नेपाली प्रयोकर्ताले भिपिए मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोकर्ताले युपिआई आइडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।
यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल , सुरक्षित र सहज बनाएको छ।
यो सुविधा विधार्थी, पेशागत व्यक्तिहरू, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारहरूका लागि आधुनिक र प्रभावकारी विक्लपका रूपमा उपयोगी हुनेछ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।