नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन्।
सिइओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनु परेको उल्लेख छ।
उनको राजीनामा आजै स्वीकृत भएको छ।