मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २४.५७ अंकले बढेर २६५१.६८ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक बढेसॅंगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
सोमबार तीन अर्ब ५५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर चार अर्ब ४० करोड रूपैयाँ पुगेको छ।
यस दिन ३५२ वटा धितोपत्रको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच भएको हो।
आज २१० कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ वटाको घटेको छ। यस्तै १० कम्पनी स्थिर छन्।
मंगलबार कालंगा हाइड्रोको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ५१६ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, आरबिबी फोकस ४० को मूल्य १३.८५ प्रतिशतले बढेर प्रति इकाइ मूल्य १० रूपैयाँ ३६ पैसा कायम भएको छ।
यसैगरी, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.७८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य पाँच हजार ८६० रूपैयाँमा झरेको छ।
मंगलबार १०% केबिएल डिबेन्चर २०९० को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार २१५ रूपैयाँमा २० करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३ रहेको छ।
उक्त डिबेन्चरको एक हजार ८४ रूपैयाँ ९० पैसामा १७ करोड ९२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशतले बढेको छ।