बैंक तथा वित्तीय संस्थाको शाखा खोल्ने वा बन्द गर्ने सवालमा राष्ट्र बैंक लचक बन्ने भएको छ।
गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने क्रममा यस्तो जानकारी गराएका हुन्।
यसअघि राष्ट्र बैंकले सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा रहनुपर्ने नीति लिएको थियो।
साथै बैंकहरूले विभिन्न स्थानमा शाखाहरू विस्तार गर्दै गएका थिए।
पछिल्लो समय भने धेरै शाखा सञ्चालन गर्दा खर्च बढी भएको भन्दै बन्द गर्ने सवालमा राष्ट्र बैंकको सहजीकरण बैंकहरूले खोजेका थिए।
यसै सन्दर्भमा गभर्नर पौडेलले शाखा खोल्ने र बन्द गर्ने सवलमा लचक नीति अपनाउने बताएका हुन्।