आगामी आर्थिक वर्ष २०८३/८४ मा समग्र मूल्य वृद्धिदर ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य नेपाल राष्ट्र बैंकले गरेको छ।
जेठ १५ मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा
६ प्रतिशतको मूल्य वृद्धिदर आकलन गरेकोमा मौद्रिक नीतिमार्फत गभर्नर विश्वनाथ पौडेलले ५.५ प्रतिशतमा सीमित राख्ने बताएका हुन्।
'आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवम् खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाब केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशत भित्र रहने प्रक्षेपण छ,' गभर्नर पौडेलले भने।
विज्ञहरूले भने मूल्यवृद्धिदर ६ प्रतिशतमा रोक्न पनि चुनौतीपूर्ण हुने बताएका थिए।