गर्भनर विश्वनाथ पौडेलले निजी क्षेत्रको मनोबल बढाउनको लागि मौद्रिक मौद्रिक नीतिले लचिलो कार्यदिशालाई निरन्तरता दिने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को लागि जारी गरिएको मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
'निजी क्षेत्रको मनोबल उच्च राख्न यसअघि लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ,' गभर्नर पौडेलले भने।
बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही चाप परेको भए तापनि क्रमशः सहज हुँदै जाने उनले बताए।
हाल विदेशी विनिमय सञ्चितिको स्थिति सुविधाजनक र समष्टिगत आर्थिक परिदृश्य अनुकूल रहेकोले उच्च आर्थिक वृद्धिको लक्ष्यमा सहयोग पुऱ्याउन न्यून-लागत अर्थतन्त्र कायम राखिने उनले बताए।