विदेशी मुद्रा व्यवस्थापन र बजारमा तरलता सन्तुलन गर्न वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने भएको छ।
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति जारी गर्दै यस्तो प्रोत्साहन नीति लिएको हो।
यसले विदेशी मुद्रा व्यवस्थापनलाई थप सहज बनाउने र तरलता सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ।
विदेशी मुद्रा खरिद हुँदा बजारमा नेपाली रूपैयाँको तरलता बढ्छ।
अब विदेशी मुद्रा खरिदकै समयमा अतिरिक्त तरलता बजारबाट फिर्ता लिने व्यवस्था गरिनेछ।
यसका लागि स्टेरिलाइज्ड इन्टरभेन्सनको नीति लागु गरिनेछ।
यसबाट बजारमा तरलता आवश्यक सीमाभित्र राख्न सहज हुने राष्ट्र बैंकको अपेक्षा छ।