बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
यसदिन नेप्से १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार चार अर्ब ८२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ६१ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६१ वटा धितोपत्रको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच भएको हो।
आज ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २२९ वटाको घटेको छ। यस्तै ६ कम्पनी स्थिर छन्।
बिहीबार उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १२.६८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य तीन हजार २०० रूपैयाँ पुगेको छ।
यस्तै, स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८७९ रूपैयाँ कायम भएको छ।
यसैगरी, बिओके डिबेन्चर २०८६ को सेयर मूल्य सर्वाधिक ८.६६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १३९ रूपैयाँमा झरेको छ।
यसैगरी, साल्पा विकास बैंकको मूल्य ८.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८७५ रूपैयाँमा सीमित भएको छ।
बिहीबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार ११९ रूपैयाँमा ३५ करोड ५८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा १०.७५% एसबिएल डिबेन्चर २०८९ रहेको छ।
उक्त डिबेन्चरको एक हजार २७१ रूपैयाँमा २८ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।