शुक्रबार पनि नेप्से परिसूचक घटेको छ।
यसदिन नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा बन्द भएको छ।
शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार चार अर्ब ६१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ६ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३६७ वटा धितोपत्रको एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच भएको हो।
आज १२० कम्पनीको सेयरमूल्य बढेको छ भने १३५ वटाको घटेको छ। यस्तै १९ कम्पनी स्थिर छन्।
शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १०.६६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ६ हजार ४१६ रूपैयाँ पुगेको छ।
यस्तै, कुमारी इक्विटी फण्डको मूल्य ९.०९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ११ रूपैयाँ १६ पैसा कायम भएको छ।
यसैगरी, भगवती हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१६ रूपैयाँ १० पैसामा झरेको छ।
यसैगरी, एनआइबिएल स्टेबल फण्डको मूल्य ७.६३ प्रतिशतले घटेर इकाइ मूल्य ७ रूपैयाँ ६३ पैसामा सीमित भएको छ।
शुक्रबार ८.५% नेपाल बैंक डिबेन्चर २०८७ को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको प्रतिकित्ता एक हजार १५१ रूपैयाँमा ८९ करोड ९१ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ८.५% आरबिबिएल डिबेन्चर २०८३ रहेको छ।
उक्त डिबेन्चरको एक हजार ६२ रूपैयाँमा ६९ करोड ८५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सात समूहको परिसूचक घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ।