महालक्ष्मी विकास बैंकको काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समउद्घाटन गरे।
सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरू र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो।
डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको नीतिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नविनत्तम अवधारणाको प्रयोगको रूपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ।
जस अन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन्।
नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सभ्मवत पहिलो बैंक रहेको छ।
डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरू माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफी लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैंकिङ सेवा सम्बन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरूको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ।